८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमेश्वर नगरपालिका क्षेत्र पुनः नापी हुने



असार १०, दोलखा । भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रको नाप नक्सा अद्यावधिक गर्ने भएको छ ।

द्धन्द्धको समयमा भएको क्षतिको नक्सा अद्यावधिक गर्नुपर्ने भएकाले सङ्घीय सरकारसँग समन्वय गरी पुनः नापी गरिने आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

“विसं २०४९ मा नगर क्षेत्रको नापी भएको थियो । २०/२० वर्ष पछि पुनः नापी गर्ने सरकारको नियम भए पनि हालसम्म नापी हुन नसकेकामा नगरपालिकाले जनपक्षीय निर्णय गरेकोमा हामी खुशी व्यक्त गर्दछौँ ।” नागरिक अगुवा चिरञ्जीवी मास्केले भने ।

नगरभित्रको सार्वजनिक र खुला क्षेत्र संरक्षण गर्न पनि नक्सा अद्यावधिक गर्नुपरेको बताउँदै नगरप्रमुख भरत केसीले भने, “ “नागरिकले आफ्नो सम्पत्ति सहजरुपमा रक्षा गर्न सकून् भन्ने उद्देश्यले नै यो योजना ल्याइएको हो ।” रासस

प्रकाशित मिति : १० असार २०७६, मंगलबार ००:००