१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिका नगरपालिकामा मतगणना सुरु, एमाले अगाडि



रत्ननगर (चितवन), उम्मेदवारको मृत्यु भएका कारण रोकिएको पूर्वी चितवनको कालिका नगरपालिकामा मतगणना सुरु भएको छ ।

मंगलबार राति ११ बजेदेखि मतगणना सुरु गरिएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । सर्वदलीय बैठकको निर्णयअनुसार ९ः३० बजेदेखि मतगणना सुरु गर्ने भनिएपनि आवश्यक तयारी नहुँदा डेढ घन्टा ढिला गरी ११ बजेदेखि मतगणना थालिएको शर्माले जानकारी दिए ।

कालिका नगरपालिका–११ मा वडा सदस्यका उम्मेदवारको मृत्यु भएकाले अन्य वडामा वैशाख ३१ गते नै निर्वाचन भएपनि मतगणना रोकिएको थियो । कालिका नगरपालिकाको वडा नम्बर ८ र ९ बाट गणना थालिएको जनाइएको छ ।

रातिदेखि सुरु भएको मतगणनामा बुधबार बिहान ६ः१५ बजेसम्मको अन्तिम नतिजाअनुसार कालिका नगरपालिकामा एक हजार २९२ मत गणना गरिएको छ । उक्त मतपरिणामअनुसार नेकपा एमालेले प्रमुखमा ५३१ र उपप्रमुखमा ४८३ मत ल्याएका छन् ।

यस्तै, नेपाली कांग्रेसले प्रमुखमा ३७९ र उपप्रमुखमा ४३२ मत तथा नेकपा माओवादी केन्द्रले प्रमुखमा २०९ र उपप्रमुखमा १९६ मत ल्याएको कालिका नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वैशाख २६ गते वर्षासंगै परेको चट्याङ लागेर नेकपा माओवादी केन्द्र बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । मृतक सिफलको स्थानमा माओवादी केन्द्रले सुकराम चेपाङलाई उम्मेदवार बनाएपछि मङ्गलबार मात्रै मतदान भएको थियो । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००