१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भजनी नगरपालिकाः किसानलाई पावर टिल्लर वितरण



असार ८, भजनी । भजनी नगरपालिकाले किसानलाई पावर टिल्लर वितरण गरेको छ । धान ब्लक कार्यक्रम अन्तर्गत ५० प्रतिशत नगरपालिकाको अनुदानमा वडा नं ४ का ११ कृषक समूहलाई पावर टिल्लरका साथै १९ बोरिङ लगायतका कृषि औैजार वितरण गरेको छ ।

नगरप्रमुख शेरबहादुर चौधरीले किसानले वर्षभरि काम गर्ने तर पनि खान नपुग्ने अवस्था रहेकाले कृषिलाई आधुनिकीकरणसँगै सिँचाइका लागि नगरपालिकाले धान ब्लक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उनले सो कार्यक्रम अन्तर्गत हाल करीब १०० हेक्टर क्षेत्रफलमा चैते धानबाट समेत किसानहरुले खाद्यान्न आपूर्ति गर्न सफल भएका जानकारी दिए । नगरपालिकाले आव २०७५÷७६ मा वडा नं ३, ४ र ८ का किसानलाई कृषि समूहमार्फत ३० भन्दा बढी पावर टिल्लर वितरण गर्नुका साथै कृषि सामग्री वितरण गरेको छ । रासस

प्रकाशित मिति : ८ असार २०७६, आइतबार ००:००