११ चैत्र २०८०, आइतबार | Mon Mar 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालयमा चोरी



जेठ ३२, सप्तरी । राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए ।

चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिब २ लाख मूल्य बराबरको सरसमान चोरेको उनले जानकारी दिए ।

चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार ००:००