६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि




भीमदत्तनगर । कञ्चनपुरको जेठो भीमदत्तनगरपालिकाको आन्तरिक आम्दानी वृद्धि भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि आन्तरिक आम्दानीको स्रोत बढाउन सक्रिय नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकको असोज मसान्तसम्म १० करोड दुई लाख आम्दानी भइसकेको जनाएको छ ।

नगरपालिकाका आन्तरिक राजश्व सङ्कलन शाखा प्रमुख विक्रम भण्डारीले विगत वर्षको तुलनामा आन्तरिक आम्दानी बढिरेहको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष नगरपालिकाको आन्तरिक आम्दानी ११ करोड ५१ लाख ४८ हजार थियो । “गत आवको भन्दा चालुआवको तीन महिनामै १० करोडभन्दा बढी सङ्कलन भइसक्यो”, उनले भने, “गत आवको तुलनामा चालु आवमा आम्दानीको दर ७५ प्रतिशतले बढेको छ ।”

नगरपालिकाको आन्तरिक स्रोतमध्ये महाकाली नदी र यहाँका अन्य खोलाबाट राजस्वबापत सबैभन्दा बढी आन्तरिक आम्दानी हुन्छ । गत वर्ष राजस्वमा तीन करोड ९९ लाख ९१ हजार रकम जम्मा गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी यहाँको पार्किङ शुल्कबाट एक करोड सङ्कलन भएको जनाइएको छ । नगरपालिकाभित्रका व्यवसाय दर्ता÷नवीकरण, सटरको भाडा र विज्ञापन करलगायत आन्तरिक आम्दानीका स्रोत हुन् । “करको दायरा बढाइएकाले पनि आन्तरिक आम्दानी बढेको हो”, भण्डारीले भने, “यहाँका बस्तीबस्तीका व्यवसाय तथा पसल दर्ताका लागि पनि टोली परिचालन गरिएका छन् ।” नगरपालिकाले वडास्तरमै कर सङ्कलनका क्रियाकलाप अघि बढाएको जनाएको छ ।

त्यसैगरी नगरपालिकाले एकीकृत सम्पत्ति कर तथा सडक भाडा समयमा बुझाए–नबुझाएको, व्यवसाय दर्ता र नवीकरण हेर्नाका साथै बजार अनुगमनसमेत गरिरहेको छ ।

नगरपालिकाका सूचना अधिकृत हरिसिंह धामीले नयाँ कानूनी व्यवस्था लागू भएपछि स्रोतको दायरा बढेकाले पनि आन्तरिक आम्दानी वृद्धि हुँदै गएको बताए । उनले चालू आर्थिक वर्षमा १४ करोड आन्तरिक आम्दानी हुने अनुमान गरिएको पनि जानकारी दिए । स्थानीय तहमा जनप्रतिनिधि आउनुअघि नगरपालिकाको वार्षिक आन्तरिक आम्दानी पौने चार करोडसम्म हुने गरेको थियो । रासस

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार ००:००