८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त घोषणा गरिने



जाजरकोट । भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगरपालिका घोषणाको गरिने भएको छ । जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहल कदमी लिने पहिलो नगरपालिका हो ।

आगामी जेठ २१ गते जातयि छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणा गर्न भेरी नगरपालिकाले झण्डै तीन दर्जन भन्दा बढी सामाजिक अभियान्ता तयार गरी सो सम्बन्धी कामलाई अघि बढाएको छ । उक्त रणनीतिक योजनामा जातीय छुवाछुत तथा भेद्भाव सम्बन्धिका सवाल पहिचान गर्नुको साथै जातीय छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणाका सूचक निर्माण गरिएको छ ।

सो अभियानलाई अघि बढाउन सामाजिक अभियान्ताले काम गर्नेछन् । जातीय छुवाछुत तथा भेदभा्व सम्बन्धी भएका संवैधानिक तथा कानूनी व्यवस्थाका विषयमा गाउँ–गाउँमा गएर छलफलसमेत गर्ने भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

विज्ञान र प्रविधिले २१औँ शताब्दीको युगमा मान्छेले मान्छेलाई नै गरिने छुवाछुत तथा जातीय भेद्भाव गैरकानूनी भएको प्रमुख घर्तीले बताए । भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणा गर्नलाई नगरपालिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए ।

विसं २०७६ मा जाजरकोट जिल्लालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त जिल्ला घोषणा गर्न २०७० सालमा निर्माण गरिएको रणनीतिक योजनालाई भेरी नगरपालिकाले स्रोतका रुपमा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । रासस

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार ००:००