१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोसाइँकुण्ड गाउँपालिकामा कैसाङ नाेर्बु विजयी



रसुवा । गोसाइँकुण्ड गाउँपालिकाको मत परिणाम घोषणा भएको छ ।

मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार गाउँपालिका अध्यक्षमा १ हजार ८२८ मत प्राप्त गरी एमालका कैसाङ नोर्बु तामाङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले १ हजार ५०५ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपाध्यक्ष पदमा १ हजार ७४० मत प्राप्त गरी एमालेकै कार्गेल्मो श्रेष्ठ विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डेकी तामाङले १ हजार १४९ मत प्राप्त गरेका छन् ।

६ वटा वडा रहेको गोसाइँकुण्ड गाउँपालिकामा ३ हजार ६९३ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका अन्य ४ गाउँपालिकाको मतगणना कार्य जारी रहेको र भोलिसम्ममा सबै नतिजा आइसक्ने अनुमान छ । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००