१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतगणनामा बूढानीलकण्ठ नगरपालिका अगाडि



काठमाडौं । मतगणना प्रक्रियामा बूढानीलकण्ठ नगरपालिका सबैभन्दा अगाडि देखिएको छ ।

नगर निर्वाचन कार्यालयका अनुसार दिउँसो ३ बजेसम्मको मतगणनाअनुसार ५ हजार ३१ मत गणना भइसकेको छ ।

यस नगरको वडा नं १२ र १३ को मतगणना सकिएको नगरका प्रमुख निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी दिए । वडा नं १२ मा नगर प्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार उद्धवप्रसाद खरेलले एक हजार ४९१ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार राजुराज श्रेष्ठले १ हजार १०९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका रवीन अधिकारीले ३ सय ३१ मत प्राप्त गरेका छन् ।

यसैगरी वडा नं. १३ मा कांग्रेसले ६ सय ४९, एमालेले ९ सय ८५, राप्रपाका सानुकान्छा श्रेष्ठले ५ सय ८७ मत प्राप्त गरेका छन् । जारी मतगणना अनुसार वडा नं ११ मा नगर प्रमुखको १ हजार ४९५ मत गणना भईसक्दा कांग्रेसले ५ सय ५०, एमालेले ६ सय ७० र माओवादी केन्द्रले १ सय ७७ मत प्राप्त गरेका छन् ।

पछिल्लो मतगणनाअनुसार यस नगरमा एमाले अगाडि देखिएको छ । त्यसैगरी १२ र १३ नं वडाको अध्यक्षमा एमालेकै उम्मेदवार विजयी भएका छन् । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००