१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ महानगरमा तीन स्थानको एक साथ मतगणना



काठमाडौं । मतगणनालाई छिटो सक्न काठमाडौं महानगरपालिकामा तीन समूहको टोली बनाएर गणना सुरू गरिएको छ ।

सोमबारदेखि सुरु गरिएको मतगणना अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नं १, २ र ३२ को एकैसाथ गणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए ।

ढिलाइ भएको गुनासोपछि आयोगले टोली बढाएर छिटो गणनाका लागि निर्देशन पनि दिएको थियो । कुल ३२ वटा वडा रहेको महानगरमा २ लाख ७९ हजार ३१६ मतदाता छन् । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००