१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय निर्वाचन – २०७४ काे पहिलो चरण मत परिणामः हालसम्म कुल विजयी



काठमाडौँ, स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना विभिन्न जिल्लामा जारी छ ।
मत परिणाम आउने क्रम सुरु भएको छ । मंगलबार अपराह्न १ बजेसम्म मत गणनाको परिणाम यस्तो छ ।

दलगत आधारमा

१. नेपाली काँग्रेसः प्रमुखःअध्यक्ष–६, उपप्रमुखःउपाध्यक्षः ७
२. नेकपा एमालेः प्रमुखःअध्यक्ष–८, उपप्रमुखःउपाध्यक्षः ७
३. नेकपा माओवादी केन्द्रः प्रमुखःअध्यक्ष–४, उपप्रमुखःउपाध्यक्षः २
४. राप्रपाः प्रमुख–०, उपप्रमुखः १
५. स्वतन्त्रः प्रमुख–१, उपप्रमुखः १

हालसम्मका विजयीः जिल्लागत आधारमा
जिल्लाः मनाङ

१. नेस्याङ गाउँपालिका– अध्यक्ष कान्छा घले– नेकपा एमाले– ६२७ मत, उपाध्यक्ष मिङ्खु गुरुङ–नेकपा एमाले– ६११ मत
२. चामे गाउँपालिका– अध्यक्ष लोकेन्द्रबहादुर घले– नेकपा एमाले– २१४ मत, उपाध्यक्ष मनिन्द्रजङ्ग गुरुङ, नेपाली कांग्रेस– १६९ मत
३. नार्फू गाउँपालिका– अध्यक्ष, मिङ्माछिरिङ लामा– नेपाली काँग्रेस, निर्विरोध, उपाध्यक्ष, फुर्पाजोम्पा लामा– नेपाली कांग्रेस, निर्विरोध

मुस्ताङ

१. घरपझोङ गाउँपालिका, अध्यक्ष, आशबहादुर थकाली– नेकपा एमाले– ४५४ मत, उपाध्यक्ष, शर्मिला गुरुङ, नेकपा एमाले– ७०७ मत
२. लोमान्थाङ गाउँपालिका, अध्यक्ष सुवर्णकुमार विष्ट, नेपाली कांग्रेस, ६०३ मत, उपाध्यक्ष, पेमा डोल्मा विष्ट– नेपाली कांग्रेस–६२० मत
३. थासाङ गाउँपालिका, अध्यक्ष, बुद्धि शेरचन– नेपाली कांग्रेस– ७२८ मत, उपाध्यक्ष, बालकुमारी शेरचन– नेपाली कांग्रेस ७२४
४. दालोमे गाउँपालिका– अध्यक्ष राजु विष्ट, स्वतन्त्र, ७५५ मत, उपाध्यक्ष ढोका गुरुङ, नेकपा एमाले – ६११ मत

ललितपुर

१. महाङ्काल गाविस– अध्यक्ष रामचन्द्र दाहाल, नेकपा एमाले, उपाध्यक्ष कमला तामाङ नेकपा एमाले – मत अप्राप्त

डोल्पा

१. काइके गाउँपालिका– अध्यक्ष अङ्गद राना, नेकपा एमाले ९२० मत, उपाध्यक्ष कुञ्जाङ बुढा, राप्रपा ९१५ मत
२. शे–फोक्सुण्डो गाउँपालिका– अध्यक्ष तासी तुण्डुक गुरुङ, नेकपा एमाले (निर्विरोध),  उपाध्यक्ष, दाबा सन्दुक गुरुङ स्वतन्त्र (निर्विरोध)
३. जगदुल्ला गाउँपालिका– अध्यक्ष नरसिंह रोकाया, माओवादी केन्द्र, ५५६ मत, उपाध्यक्ष जयारुपा बोहरा, नेकपा एमाले, १०३ मत
३. मुड्केचुला गाउँपालिका– अध्यक्ष दत्तबहादुर शाही, माओवादी केन्द्र, ९३३ मत, उपाध्यक्ष

जुम्ला

१. गुठीचौर गाउँपालिका–अध्यक्ष, हरिबहादुर भण्डारी, माओवादी केन्द्र, एक हजार ५९६ मत, उपाध्यक्ष, जानुदेवी ऐडी, मत अप्राप्त
२. हिम गाउँपालिका, अध्यक्ष, रजबहादुर शाही– माओवादी केन्द्र–एक हजार ४१७ मत, उपाध्यक्ष हिमाली रोकाय, नेकपा माओवादी केन्द्र– एक हजार ३२७ मत

बागलुङ

१. तमानखोला गाउँपालिका, अध्यक्ष–जोकलाल बस्नेत, नेपाली कांग्रेस, दुई हजार २१९, उपाध्यक्ष, मानसरी शेरचन, नेपाली कांग्रेस, दुई हजार ११५ मत

जाजरकोट

१. कुशेगाउँपालिका– अध्यक्ष, हरिचन्द्र बस्नेत, नेपाली कांग्रेस, दुई हजार ५०८ मत, उपाध्यक्ष, रामछायाँ शाही, नेपाली कांग्रेस, दुई हजार ३७८ मत
२. शिवालय गाउँपालिका– अध्यक्ष, नरेन्द्रकुमार शाही– नेकपा एमाले दुई हजार १७ मत, उपाध्यक्ष नेकपा एमाले– कुमारी थापा – दुई हजार ६३

नवलपरासी

१. बुङ्दीकाली गाउँपालिका– अध्यक्ष दुर्गाबहादुर राना, नेपाली कांग्रेस, तीन हजार १९१ मत, उपाध्यक्ष माया श्रेष्ठ, नेपाली कांग्रेस, तीन हजार १७३ मत

कास्की

१. मादी गाउँपालिका–अध्यक्ष वेदबहादुर गुरुङ, नेकपा एमाले, चार हजार ६३७ मत, उपाध्यक्ष, विष्णुमाया पौडेल, चार हजार ५२३ मत । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००