१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीकोटका दुई गाउँपालिका सम्पर्कविहीन



कालीकोट, टेलिफोन सेवा अवरुद्ध हुँदा यस जिल्लाका दुई गाउँपालिकामा निर्वाचन सम्पन्न भएपनि त्यहाँको अवस्था थाहापाउन सकिएको छैन ।

जिल्लाको अति विकट मानिएका पलाँता र पचाल झरना गाउँपालिकामा हिजो बिहान १० बजेदेखि मतगणना सुरु भएको भए पनि अहिलेसम्म ती गाउँपालिकामा मतगणना के कतिसम्म भयो भन्ने विवरण आउन नसकेको मुख्य निर्वाचन अधिकृत कार्यालय कालीकोटका प्रमुख निर्वाचन आयुक्त केशवप्रसाद पाण्डेले बताएका छन् ।

सञ्चार विच्छेद भएर दुई गाउँपालिकाको अवस्था बुझ्न नसकिएको हो । जिल्ला प्रहरी कार्यालय, कालीकोटको सञ्चार सेटबाट पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्क स्थापित हुन नसकेको बताइएको छ । जिप्रकाका प्रहरी हवल्दार धर्मेन्द्र शाहीले त्यस क्षेत्रबाट यता सम्पर्क गरेमा हुने तर यताबाट सम्भव नभएको बताएका छन् । जिल्लाका अन्य क्षेत्रमा मतगणना सुस्त गतिमा भइरहेको बताइएको छ ।

कालीकोट जिल्लाका नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि सेरापाटामा मतगणना कार्य स्थगित भएको छ । कालिका गाउँपालिकाको बालाचौर मतदान केन्द्र, भर्तामा पार्टीहरुमा विवाद भएपछि स्थगित भएको मतदानमा पुनः जेठ ४ गते गरिने प्रमुख निर्वाचन अधिकृतको कार्यालय, कालीकोटले जनाएको थियो ।

सो गाउँपालिकाको मतदान केन्द्रमा ८३२ मतदातामध्ये ४३० मत खसेपछि स्थगित भएको थियो । सान्नी त्रिवेणी गाउँपालिकामा सात हजार ९८ मत खसेको थियो । सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर शाही १० हजार ७३३ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरखबहादुर केसीले १० हजार ३९ मत ल्याएका थिए । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका होइजा बुढा ९गिरी०ले १० हजार ४९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पशुविना बमले १० हजार ४१ मत प्राप्त गरेकी छन् ।

जिल्लाका तिलागुफा नगरपालिकामा कांग्रेसका शङ्कर उपाध्यायको अग्रता कायम रहेको छ । रास्कोट नगरपालिकामा कांग्रेसका दानबहादुर बमको अग्रता छ भने खाँडाचक्र नगरपालिकामा नेकपा एमालेका जसीप्रसाद पाण्डेको अग्रता छ । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००