३० चैत्र २०८०, शुक्रबार | Fri Apr 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगरः तीन वडामा एमाले विजयी



रत्ननगर (चितवन), पूर्वी चितवनको राप्ती नगरपालिकाको वडा नं ४ र ५ तथा खैरहनी नगरपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह नै विजयी भएको छ ।

खैरहनी– १ मा एमालेका भूमिप्रसाद कँडेल ९६४ मतले विजयी भएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

यस्तै राप्ती नगरपालिका वडा नं ४ का वडाध्यक्षमा शमशेर लामा एक हजार १६५ र वडा नं ५ मा मेनुका पाठक ६८६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना हुँदै

रत्ननगरको वडा नं १ र १६ को मतगणनामा कांग्रेसले प्रमुखमा ९१६ र उपप्रमुखमा ८९२ मत प्राप्त गरेको छ । एमालेले प्रमुखमा ९३९ र उपप्रमुखमा ८९४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै माओवादी केन्द्रले प्रमुखमा २९८ र उपप्रमुखमा ३१३ मत ल्याएको छ ।

उता पूर्वी चितवनको राप्ती र खैरहनी नगरपालिकामा भने एमालेको अग्रता कायमै छ । पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामानुसार खैरहनी प्रमुखमा एमालेले ६८८, माओवादी केन्द्रले ६८४ र कांग्रेसले ५७५ ल्याएका छन् ।

एमालेले उपप्रमुखमा ९१४ कांग्रेसले ६३६ तथा माओवादी केन्द्रले ४१३ मत ल्याएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

अब वडा नं २ को मतगणना सुरु भएको छ । उता मकवानपुरको सिमाना जोडिएको राप्ती नगरपालिकामा बिहान ११।३० बजेसम्मको मतपरिणामानुसार एमालेले प्रमुखमा एक हजार ९४७ र उपप्रमुखमा एक हजार ९५६ , कांग्रेसले प्रमुखमा एक हजार १७५ र उपप्रमुखमा एक हजार ४२ तथा माओवादी केन्द्रले प्रमुखमा २८६ र उपप्रमुखमा २६१ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००