८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेमाल गाउँपालिकाको ३ नं. वडा फोरम लोकतान्त्रिकले जित्यो



स्थानीय खबर संवाददाता । तेमाल गाउँपालिकाको ३ नं. वडामा विजय गच्छेदार नेतृत्वकाे फोरम लोकतान्त्रिकले जितेको छ । फोरमले माओवादी केन्द्रलाई ३ भोटले हराएको छ । फोरमका वडा अध्यक्षले १ सय ६० मत पाएको छ भने माओवादीले १ सय ५७ मत पाएको छ ।  एमालेले १ सय ६ पाएकाे छ । केहीबेर अघि बराबर भएपछि पुःन मत गणना गरिएकाे थियाे ।

फोरमले प्यानल नै जित्यो वा केही पदमा मात्रै जितेको हो भन्नेबारे स्पष्ट जानकारी आइसकेको छैन । ३ नं. बाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार सलामसिंह लामालाई १ सय ५२ माओवादी केन्द्रका गंगाबहादुर दोङले १ सय ४३ र एमालेका प्रदिप लामाले १ सय २६ मत प्राप्त गरेका छन् ।

यसअघि गणना भएको १ र २ नं. वडामा वडाध्यक्षसहित प्यानल नै एमालेले जितिसकेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००