१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शङ्खरापुरमा एमालेको अग्रता



काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिकामा नेकपा (एमाले) को मेयरका उम्मोर सुवर्ण श्रेष्ठले ८ सय ५८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रिितद्वन्द्वि माओवादी केन्द्रका कृष्णराज सुवेदीले ५ सय ७० मत प्राप्त गरेका छन् । यसैगरि नेपाली काँग्रेसका शङ्कर तिवारीले ४ सय ३ र राप्रपाका मीजेन्द्रकाजी श्रेष्ठले ६८ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए ।

उपप्रमुखमा एमालेकी शुक्रलक्ष्मी श्रेष्ठले ९ सय १५, माओवादीकी इन्द्रकुमारी तामाङले ६ सय ४४, नेपाली कांग्रेसकी मञ्जु खड्काले ३ सय ५३ र राप्रपाकी बेली तामाङले ८८ मत प्राप्त गरेका छन् ।

शङ्खरापुरको १ नं वडामा एमाले विजयी

शङ्खरापुर नगरपालिका वडा नं १ मा एमालेका वडाध्यक्षसहित सबै वडा सदस्यको समूह विजयी भएका छन् । वडाध्यक्ष पदमा एमालेका तर्फबाट श्याममणि ढुङ्गानाले ९ सय २५ मत ल्याएर विजयी भएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्दी माओवादीका मोहनाथ दङ्गालले ७ सय ४२ र कांग्रेसका रमेश तिवारीले ३ सय ५० मत पाउनुभएको थियो ।

निर्वाचित सदस्यहरूमा वीरबहादुर तामाङ, मधुकेशव तिमल्सिना, बुद्धिमाया तामाङ र चीनकुमारी दमाइ छन् । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००