१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णेश्वर र कागेश्वरी मनोहरामा कांग्रेसको अग्रता



काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् ।

दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५ सय २३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ५ सय १४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का पुण्यप्रसाद चौलागार्इंले ३ सय ८२ र उपप्रमुखकी उम्मेदवार शान्ति श्रेष्ठले ४ सय १५ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) का टीआर नेपालले २ सय २८ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले १६ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २ सय ८ र राप्रपाकी अञ्जना श्रेष्ठले १ सय १६ मत प्राप्त गरेकी छन् ।

अहिले नगरपालिकाको वडा नं १ को मतगणना भइरहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । १ नं वडामा वडाध्यक्ष र महिला एवम् दलितसहित तीन वडा सदस्यमा काँग्रेस र खुला एक वडा सदस्यमा एमालेका उम्मेदवार अघि रहेका छन् ।

कागेश्वरी मनोहरामा पनि कांग्रेसकै अग्रता

कागेश्वरी मनोहरा नगरपालिकामा एक हजार ७६२ मत गणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र कार्कीले ७१०, नेकपा ९एमाले० का कृष्णहरि थापाले ५५२, नेकपा माओवादी केन्द्रका महेश्वर फुयाँलले ३ सय ११ र राप्रपाका शम्भु थापाले ६४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा कांग्रेसकी अनिता अधिकारीले ७ सय ७, एमालेकी बिन्दु सिम्खडाले ५ सय ७५, माओवादीकी रुकु रणपालले २ सय ८० र राप्रपाकी कुस्मा नगरकोटीले ७० मत प्राप्त गगरेको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए ।

वडा नं १ को मतगणना भइरहेकामा वडा अध्यक्षमा कांग्रेसले ५ सय ८९, एमालेले ५ सय ४२, माओवादीले ३ सय ९४ र राप्रपाले ९४ मत पाएका छन् । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००