९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलम्ची नगरपालिका १ मा एमाले विजयी



मेलम्ची, मेलम्ची नगरपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गरे । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ ।

यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका डम्मर अर्यालले ८०५, माओवादी केन्द्रका श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली कांग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गरेका छन् ।

यस्तै नगर उपप्रमुखमा नेकपा एमालेका भगवती नेपालले ८३१, नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली कांग्रेसका सविता गुरुङले २६० मत प्राप्त गरेको निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिए । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००