१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेथानचोक गाउँपालिकामा कांग्रेस अगाडी



काभ्रेको बेथानचोक गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतगणनाअनुसार नेपाली कांग्रेसको प्रमुखको उम्मेद्वार प्रेमबहादुर तिमल्सिनाले १ सय ३९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका प्रेम लामाले १ सय ७ मत पाएका छन् । यसैगरि माओवादी केन्द्रका मर्दनसिंह तामाङले १७ मत भोट पाएका छन् ।

यसैगरि उपाध्यक्षमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ । उपाध्यक्ष पदमा उठेकी सरिता लामिछाने तामाङले १ सय २९ मत प्राप्त गरेकी छन् । यसैगरि एमालेकी उन्नती केसीले १ सय ९ र माओवादी केन्द्रकी तारा राना तिमल्सिनाले २० भोट पाएकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००