७ आश्विन २०८०, आइतबार | Sun Sep 24 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु



पोखरा, स्थानीय तहको निर्वाचन अन्तर्गत पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु गरिएको छ ।

महानगरपालिकाका ३३ वटै वडाका सम्पूर्ण मतपेटिका नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा राखिएकामा सोमबार सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिए ।

सुरुमा १ नं वडाबाट मतगणना गर्न थालिएको जानकारी दिँदै उनले क्रमशः अन्य वडाको मतगणना गरिने बताए । महानगरपालिकामा एक लाख ६८ हजार ६७ मतदाता रहेकामा एक लाख २५ हजार छ सय १४ जनाले मतदान गरेका थिए ।

मतगणना सुरु भएसँगै नगर विकास प्रशिक्षण केन्द्रको मुख्य प्रवेशद्वार वरपर सर्वसाधारणको भिड लागेका कारण महेन्द्रपुल बगर चल्ने यातायातका साधनहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००