२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रियुगा नगरपालिकाः वृहत औद्योगिक ग्राम परियोजना शुरु



चैत २०, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १२ विषणपुरस्थित त्रियुगा नदीक्षेत्रको ६८ बिघा क्षेत्रफलमा वृहत औंद्योगिक ग्राम परियोजना शुरु भएको छ ।

नगरपालिकाले सौर्य ऊर्जा उत्पादन, कृषि खाँद मल उत्पादन तथा कृषि अनुसन्धान केन्द्र स्थापना सहितको औंद्योगिक ग्राम सञ्चालन गर्न जिल्लाभित्र नै अहिलेसम्मकै सबैभन्दा वृहत औंद्योगिक ग्राम परियोजना सञ्चालन गर्न लागिएको छ ।

नगर प्रमुख बलदेव चौधरीले उक्त औद्योगिक ग्राम योजनाका लागि नगरपालिकाको ६८ बिघा क्षेत्रफल भएको जग्गामा जिल्लाकै वृहत औंद्योगिक ग्राम सञ्चालन गर्न लागिएको जानकारी दिए । नगरपालिकाभित्र सरकारी तथा सार्वजनिक जग्गा प्रशस्त रहेकाले त्यस्तो जग्गालाई उपयोग गर्दै उक्त परियोजना शुरु गरिएको उनले बताए ।

यस्तै औद्योगिक ग्राम निर्माण तथा सञ्चालन र त्रियुगा क्यारिडोर निर्माणका लागि झण्डै छ अर्ब ८४ करोडको लगानीमा उक्त औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । उक्त क्षेत्रमा नगरपालिकाले नगर अस्पताल, खेलमैदान समेत निर्माण गर्ने गुरुयोजना सहित डिपिआर तयार गरी योजना सञ्चालन कार्यको थालनी गर्न लागिएको नगर उपप्रमुख देवीकुमारी चौधरीले बताइन् ।

झण्डै छ वर्षमा सम्पन्न हुने उक्त गुरुयोजना सम्पन्न भएपछि त्रियुगा क्षेत्रका चारसय भन्दा बढी युवाले रोजगारी पाउने र नगरपालिका ऊर्जा, कृषि, खाद्यमल, खानेपानी लगायतका विकासका पूर्वाधारको क्षेत्रमा पूर्ण आत्मनिर्भर हुने नगर प्रमुख चौधरीले बताए । रासस

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार ००:००