२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटमा मतगणना जारी,नगरपालिकामा एमाले अगाडि



त्रिशूली (नुवाकोट), नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।

विदुर नगरपालिकाको वडा नं. १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा एमालेका प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार ध्रुव अधिकारीले १०७ मत ल्याएका छन् । माओवादी केन्द्रका प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याएका छन् ।

त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३ मत गनिएकोमा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार मानसिंह तामाङले १५४ मत प्राप्त गर्नु भएको छ । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००