८ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारबर्दिया नगरपालिकाको विशेष नगरसभा, १८ योजना पारित



चैत १८, धम्बोझी । बर्दियाको बारबर्दिया नगरपालिकाको विशेष नगरसभाले पाँच प्रस्ताव पारित गरेको छ । नगरको विशेषसभाले आर्थिक वर्ष २०७५/०७६ को बजेट संशोधन, समपूरक अनुदान विनियोजन विवरण, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद् विकास कोष) नगरभवन निर्माणको योजना र नगरका लागि गाडी खरीद गर्ने प्रस्ताव पारित गरेको छ ।

बारबर्दिया नगरपालिकाको करीब ८१ लाख ५० हजार बजेटको ११ वटा वडास्तरीय योजनालाई संशोधन गरी १८ योजनामा बजेट विनियोजन गरी नगरसभाबाट पारित गरिएको छ ।

समपूरक अनुदान विनियोजनमा वडा नं १ मा मुर्गिहवा टोलको झरनमा कल्भर्ट निर्माणमा स्रु एक करोड, वडा नं ४ को घोरपित्ता देखि गुरुवागाउँ हुँदै बाटो स्तरोन्नतिमा दुई करोड, वडा नं ६ मा नगरपार्क जयनगरमा एक करोड, वडा नं ७ को हर्नवादेखि वडा कार्यालय जोड्ने खटैला नालामा पुलका लागि एक करोड, वडा नं ८ मा चौकीपुरदेखि वडा कार्यालय जोड्ने बाटो ग्राभेलमा एक करोड, वडा नं १० मा बैदीचोकमा कृषिउपज सङ्कलन केन्द्रमा एक करोड र वडा नं ११ मा बेलभार गिदरपुर जोड्ने बाटाको भादा खोलामा कल्भर्ट र नमूना गाउँमा सामुदायिक हल निर्माणमा एक करोडको योजना पारित गरिएको छ ।

उक्त योजनाको ४० प्रतिशत सङ्घीय सरकारले बजेट उपलब्ध गराउने छ भने ६० प्रतिशत वडास्तरबाट व्यहोरिनेछ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा वडा नं ६ मा सदाशिव बहुमुखी क्याम्पस भवन निर्माण र खानेपानी व्यवस्थापनमा ५० लाख, वडा नं १० मा जनसेवा बहुमुखी क्याम्पस पूर्वाधार निर्माण र खानेपानी व्यवस्थापनमा १३ लाख, वडा नं ११ मा विजय प्रावि भवन निर्माणमा १० लाख, वडा नं ५ को बारबर्दियामा मरुवा निर्माणमा १० लाख, वडा नं २ मा कृषिउपज सङ्कलन तथा ढुवानीका लागि ठूला सवारीसाधन दुई खरीद गर्नका लागि ८० लाख, वडा नं ७ मा शहीद उद्यान निर्माणमा १० लाख, वडा नं ४ मा जमुना महिला कृषि सहकारी संस्था अधुरो भवन निर्माणमा १० लाख र वडा नं ८ मा युवक मावि दुब्धाको भवन निर्माणमा १० लाख गरी कूल एक करोड ९३ लाख बजेट रहेको छ ।

नगरपालिकाको भवन निर्माण र कार्यालय प्रयोजनका लागि गाडी खरीद गर्ने प्रस्ताव पारित गरिएको छ । नगरसभामा सदस्यले वडा कार्यालयको भवन निर्माण गर्ने र बिग्रेका सडक तत्काल मर्मत गर्नुपर्ने कुरा उठाएका थिए । नगरसभाको अध्यक्षता नगर प्रमुख दुर्गाबहादुर थारुले गरेका थिए भने प्रस्ताव नगरउपप्रमुख अञ्जु दहितले पेश गरेकी थिइन् । रासस

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार ००:००