६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह



काठमाडौँ, गृहसचिव लोकदर्शन रेग्मीले सरकारका चारवटै सुरक्षा निकाय र निजामति कर्मचारी एक ढिक्का भएर निर्वाचन सफल बनाउन लागिरहेको बताएका छन् ।

रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव रेग्मीले सरकारले निर्वाचनका लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिए ।

“गृह प्रशासन गम्भिरताका साथ रातदिन नभनी काम गरिरहेको छ,” उनले भने । सुरक्षा व्यवस्था मिलाएकाले सम्पूर्ण मतदातालाई निर्वाचनमा निर्भयताका साथ सहभागी हुन उनले आग्रह गरे । सचिव रेग्मीले निर्वाचनको लागि नै सरकारले मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मोबाइल टिम र स्ट्राइक टिम खटाइने उनले बताए ।

तीन घेरामा सुरक्षा निकायलाई खटाइने र नेपाली सेनाले स्थलगत निरीक्षण गर्ने तथा अतिसंवेदनशील स्थानमा हेलिकप्टरमार्फत नेपाली सेनालाई खटाउने उनको भनाइ थियो । रासस

प्रकाशित मिति : ३० बैशाख २०७४, शनिबार ००:००