२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल उपमहानगरः वडा कार्यालय भवन निर्माण शुरु



फागुन १३, बुटवल । बुटवल उपमहानगरपालिकाको वडा नं १० को भवन निर्माणको काम शुरु भएको छ । बुटवल–१० कालिकानगरमा निर्माण हुने उक्त वडा कार्यालय भवनको आइतबार उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलन्यास गरे ।

कार्यक्रममा प्रमुख सुवेदीले उपमहानगरले कानून निर्माणदेखि पूर्वाधार निर्माणसम्मका कामलाई प्राथमिकताका आधारमा अगाडि बढाइरहेको बताए । वडास्तरमा सेवाकेन्द्रसरहका सेवा प्रवाह गर्ने गरी तिनको व्यवस्थापनको काम भइरहेको उल्लेख गर्दै प्रमुख सुवेदीले ‘समृद्ध बुटवल, सुखी जनताको सङ्कल्प’ अनुरुप जनप्रतिनिधि खटेर लागेको बताए ।

उपप्रमुख गुमादेवी आचार्य, नेपाली कांग्रेसका नेता युवराज गिरी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मी, योजना प्रमुख वरिष्ठ इञ्जिनीयर सुमन श्रेष्ठ, वडाध्यक्ष पदम थापासहित वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक अगुवाको सहभागिता रहेको वडा सचिव झविन्द्र थापाले जानकारी दिए ।

भवन निर्माणका लागि उपमहानगरले चालू आवमा ३८ लाख ३१ हजार ५४६ बजेट विनियोजन गरेको थियो । उक्त भवन ०७६ साउन १५ गते निर्माण सक्ने गरी निर्माणको जिम्मा मुक्ति कन्ट्रक्सन प्रालि तिलोत्तमाले पाएको छ । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार ००:००