८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द गरिने



नवलपरासी, स्थानीय तहको निर्वाचनका लागि सुरक्षा दिन नवलपरासीमा पनि नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द गरिने भएको छ ।

निर्वाचन सुरु हुन भन्दा २४ घन्टाअघि यहाँको त्रिवेणी नाका शनिबार बिहान– ९ बजेबाट बन्द हुने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।

दुई देशका सुरक्षा निकायका प्रमुखको भारतको बिहारमा भएको सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रानाका अनुसार बैठकमा त्रिवेणी नाकामा ४८ घन्टा अघिबाट सीमा क्षेत्रमा जाँचमा कडाइ गर्ने २४ घन्टा नाका बन्द गर्ने सहमति भएको हो ।

पहिलो चरणमा नवलपरासीको प्रदेश नं– ४ मात्र निर्वाचन हुदैँछ । तसर्थ प्रदेश न– ४ मा पर्ने नाका त्रिवेणी नाकालाई मात्र शिल गर्ने तयारी गरिएको छ । रासस

प्रकाशित मिति : २९ बैशाख २०७४, शुक्रबार ००:००