२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशको समृद्धिका लागि मतदानः महामन्त्री कोइराला



नवलपरासी, नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहेका कोइरालाले पार्टीको प्रचार प्रसार अभियानलाई बुधबार विभिन्न स्थानमा सम्बोधन गर्दै यस्तो विचार राखेका हुन् । सो अवसरमा कोइरालाले नेपाली कांग्रेसको विजय सुनिश्चित भइसकेको बताउँदै तीव्र विकास र समृद्धिका लागि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे ।

संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसलाई अब सो संविधानको उचित कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमार्फत सोको जिम्मेबारी नेपाली जनतामार्फत नेपाली कांग्रेसको काँधमा आउने विचार राखे । रासस

प्रकाशित मिति : २८ बैशाख २०७४, बिहिबार ००:००