१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सबै स्थानिय तहमा प्राविधिक शिक्षालय’



माघ २३, धनुषा । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले अगामी आर्थिक वर्षभित्र सवै स्थानीय तहमा एक–एक प्राविधिक शिक्षालय स्थापना गरिने बताएका छन् ।

प्याब्सन प्रदेश अधिवेशनको बुधवार बर्दिबासमा उद्घाटन गर्दै उनले प्रदेश नं. २ लाई नै प्राविधिक शिक्षाको केन्द्र बनाउने योजनाअनुरुप प्रत्येक गाउँपालिका र नगरपालिकामा एक–एक प्राविधिक शिक्षालय स्थापना गरिने बताए ।

उच्च शिक्षा प्रदेश सरकारको मातहत हुने स्पष्ट व्यवस्था रहे पनि सङ्घीय सरकारले सिटिइभिटीलाई प्रदेशमा हस्तान्तरण गर्न ढिलाई गरेको उनको आरोप थियो । उनले भने, “प्राविधिक शिक्षासम्बन्धी ऐन हामीले तयार गरिसकेका छौँ, । एक साताभित्र प्रदेशसभामा पेस हुन्छ ।” रासस

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार ००:००