बनेपा । स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, म्यादी प्रहरी परिचालन गरेर तीन तहको सुरक्षा घेरा निर्माण भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिम्खडाले जानकारी दिए । उनका अनुसार अग्रभागमा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा निर्वाचनस्थलबाट अलि टाढाको दूरीमा नेपाली सेना रहनेछ ।
“सबै क्षेत्र नै संवेदनशील छन्, खासगरी विप्लव समूहको निर्वाचन विरोधी गतिविधिलाई कडा निगरानी गरेका छौँ”, प्रजिअ शिम्खडा भने। उनले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आशङ्कामा विप्लव नेतृत्वका पाँचजनालाई पक्राउ गरिएको उल्लेख गर्दै अन्य कार्यकर्तामाथि पनि निगरानी भइरहेको बताए ।
जिल्लामा नेपाल प्रहरीको एक हजार १ सय, सशस्त्र प्रहरीको करिब ५ सय ५०, म्यादी प्रहरी करिब १ हजार ७६, नेपाली सेनालगायत सुरक्षा निकायलाई परिचालन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचनमा सहभागी भएका सबै कर्मचारीको सुरक्षाका लागि पनि सोही अनुसारको सुरक्षा व्यवस्था अवलम्बन गरिएको छ । रासस
प्रतिक्रिया