१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहपिच्छे कर नलगाउन माग



माघ १५, विदुर । कवाडीका सामानमा स्थानीय तहपिच्छे कर लगाउँदा व्यवसाय नै समस्यामा परेको भन्दै नुवाकोट कवाडी सङ्घले अवैज्ञानिक कर हटाएर व्यवसायमैत्री वातावरण बनाउन माग गरेको छ ।

व्यवसायीहरु कर तिर्ने विषयमा स्पष्ट भए पनि हचुवाका भरमा निर्धारण भएको करले व्यवसायीलाई समस्यामा पारेको उनीहरुको भनाइ छ ।

सङ्घले पत्रकार सम्मेलन गरी स्थानीय तहले निर्धारण गरेको अस्वाभाविक करका कारण कवाडी व्यवसाय समस्याग्रस्त बनेको छ भन्दै अवैज्ञानिक करलाई स्वीकार्न नसकिने स्पष्ट पारेको छ ।

व्यवसायीले नुवाकोटमा फलाम, खाली सिसी, प्लाष्टिकजन्य पदार्थ र पुरानो कागज सङ्कलन व्यवसायका कारण समग्र जिल्लाको आर्थिक समृद्धिमा समेत योगदान पुगिरहेको तथ्य नबिर्सन स्थानीय तहलाई स्मरण गराएका छन् । रासस

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार ००:००