२६ असार २०८२, बिहिबार | Fri Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनको मिति तलमाथि गर्न नहुनेः डा. यादव



काठमाडौं, प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जेठ ३१ को दोस्रो चरणको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले दोस्रो चरणको निर्वाचनको मिति बजेटअघि नै गर्ने कुरा चलिरहेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले सरकार परिवर्तनमा आयोगले हस्तक्षेप नगर्ने र बजेट ल्याउन नरोक्ने स्पष्ट पारे । ‘‘बजेट ल्याउन मिल्छ, तर आचारसंहिता अनुकूल हुनुपर्छ’’ उनको भनाइ छ ।

मुलुकलाई संक्रमणकालबाट मुक्त गर्न निर्वाचन अपरिहार्य रहेको बताउँदै उनले चुनाव गराउनुपर्ने मूल कामबाट कोही पनि विमुख हुन नहुने धारणा राखे । रासस

प्रकाशित मिति : २७ बैशाख २०७४, बुधबार ००:००