२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरबाटो स्तरोन्नतिः श्रमदानका लागि ‘एक घरः एक व्यक्ति’



माघ ३, दमौली । तनहुँको भानु नगरपालिका ९ पुर्कोटका बासिन्दा मोटरबाटो स्तरोन्नतिका लागि श्रमदानमा खटिएका छन् । सोही ठाउँको फलेदे लौडारीभञ्ज्याङको बाटो स्तरोन्नतिका लागि प्रत्येक घरबाट एकजना खटिएको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बासुराज कडरियाले जानकारी दिए ।

उनले भने, “सडकमा श्रमदान गर्नका लागि एक हप्तादेखि दैनिक ५०० का दरले स्थानीयवासीले श्रमदान गरिरहेका छन् । प्रत्येक घरबाट एकजना अनिवार्य गरिएको छ ।”

उक्त मोटरबाटो स्तरोन्नतिका लागि भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ मा ५० लाख विनियोजन गरेको थियो । उक्त नगरपालिका ७ स्थित थानीसम्म जोडिने सो बाटो साढे नौ किमी लामो छ । चालु आर्थिक वर्षमा दुईसय मिटर पक्की नालीसहित उक्त बाटो ग्राभेल गर्ने योजना रहेको अध्यक्ष कडरियाले जानकारी दिए । रासस

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार ००:००