१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदान केन्द्रबाटै पनि मतदाता शिक्षा दिइने



काठमाडौं, स्थानीय तह निर्वाचनका लागि मतदातालाई निर्वाचन चिन्ह बारे जानकारी दिन यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता स्वयम्सेवक परिचालन गरिने भएको छ ।

सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता /स्वयम्सेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता /स्वयम्सेवकलाई मंगलबार आदेश दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । नमुना मतपत्रसमेत लिएका मतदाता शिक्षा कार्यकर्ता /स्वयम्सेवकले मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने सही तरिका सिकाउने छन् । रासस

प्रकाशित मिति : २६ बैशाख २०७४, मंगलबार ००:००