१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा सदस्यका उम्मेदवारको चट्याङ लागेर मृत्यु



चितवन, कालिका नगरपालिका– ११ खोलागाउँका माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका उम्मेदवारको मंगलबार बिहान चट्याङका कारण मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ३९ वर्षीय सिफल प्रजाको चट्याङले मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार बिहान ३ः३०बजे चट्याङ परेका बेला बेहोस भएका प्रजालाई उपचारका लागि बिहान ६ बजे कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नजिकै चट्याङ परेपछि हृदयाघात भएर प्रजाको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनको शरीरमा कुनै चोटपटक नभेटिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २६ बैशाख २०७४, मंगलबार ००:००