६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यास नगरपालिकाः सामाजिक सुरक्षा भत्ता वितरण



पुस ११, तनहुँ । तनहुँको व्यास नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा ११ करोड ३३ लाख ७५ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगरपालिकाले एकल महिला, विधवा, लोपोन्मुख, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, दलित ज्येष्ठ नागरिक र अन्य ज्येष्ठ नागरिकलाई गरी उक्त भत्ता रकम वितरण गरेको हो । नगरपालिका मातहतमा रहेका १४ वटा वडाका ६ हजार ७५० जनालाई उक्त रकम वितरण गरिएको नगरपालिकाका पञ्जिकाधिकारी विष्णुकुमार जोशीले जानकारी दिए ।

उनका अनुसार वडा न १ मा २८२, वडा नं २ मा २३९, वडा नं ३ मा १३६, वडा नं ४ मा २४७, वडा नं ५ मा ५१७, वडा नं ६ मा ५९०, वडा नं ७ मा ५०९, वडा नं ८ मा ४२४, वडा नं ९ मा ५९३, वडा नं १० मा ७३०, वडा नं ११ मा ८२३, वडा नं १२ मा ६२६, वडा नं १३ मा ४९८ र वडा नं मा ४३३ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता लिएका हुन् ।

त्यसैगरी नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ को प्रथम चौमासिकमा ६ हजार ९३९ जनालाई तीन करोड ९५ लाख ५३ हजार ६०० सामाजिक सुरक्षा भत्ता वितरण गरेको सूचना अधिकारी गोकर्णराज वाग्लेले बताए । नगरपालिका कार्यालयले तय गरेअनुरुप अतिअशक्तलाई मासिक ६००, लोपोन्मुख र पूर्ण अशक्तलाई मासिक २ हजारका दरले र अन्यलाई मासिक १ हजारका दरले सामाजिक सुरक्षा भत्ता रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।

७० वर्ष नाघेका सबै ज्येष्ठ नागरिकलाई खाइपाइ आएको भत्ता रकमसहित औषधि उपचार वापत मासिक एक हजार थप गर्ने व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार ००:००