१० चैत्र २०८०, शनिबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङका १७ वटै स्थानीय तहमा ‘बर्थिङ सेन्टर’



मङ्सिर २७, विराटनगर । मोरङका स्थानीय तहले बर्थिङ सेन्टर ९प्रसूति सेवा० सञ्चालन गरेपछि महिलाको अकाल मृत्यु न्यूनीकरणमा सहयोग पुगेको छ । मोरङका १७ वटै स्थानीय तहले ‘वर्थिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि स्वास्थ्य संस्थामा उपकरण तथा शैय्याको विस्तार गर्नाका साथै दक्ष स्वास्थ्यकर्मी राखेर सेवा सञ्चालनमा ल्याइएको हो । ‘वर्थिङ सेन्टर’ को सुविधाले ग्रामीण क्षेत्रका महिलाले आफ्नै स्थानमा सहज रूपले प्रसूति सुविधा पाउन थालेका छन् ।

धनपालथान गाउँपालिकाले ‘वर्थिङ सेन्टर’ मा प्रसूति गराएर पहिलो छोरी जन्माउने आमालाई पाँच हजारका साथै नेपाल सरकारले दिँदै आएको रकममा थप पाँच सय प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बर्थिङ सेन्टरमा सुत्केरी गराउने महिलालाई निःशुल्क औषधि र अन्य सेवासमेत दिँदै आएको उक्त गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ऋषिराम सेठले बताए । सेवा सञ्चालनमा आएपछि प्रसूति गराउन सहज भएको सोही गाउँपालिकाका ३ वथुनीदेवी यादवको भनाइ थियो ।

विगतमा ग्रामीण क्षेत्रमा सेवा सञ्चालन नहुँदा सामान्य प्रसूतिका लागि विराटनगरको कोशी अञ्चल अस्पताल लगायत अन्य निजी नर्सिङहोममा आउने बाध्यता समेत अन्त्य भएको छ । स्थानीय निकायमा उक्त सेवा सञ्चालन भएपछि विपन्न वर्गका महिला बढी लाभान्वित भएका छन् ।

प्रसूति सेवाका कुनै खर्च नलाग्ने तथा सहज रूपमा आफ्नै क्षेत्रमा सेवा प्राप्त भएकामा धनपाल २ की रामदुलारी महतोले खुशी व्यक्त गर्दै उक्त सेवालाई अझ विस्तारमा जोड दिइन् । सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीमा प्रसूति सेवा सञ्चालन गर्नु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।

स्वास्थ्य केन्द्रमा प्रसूति गराउन आउनेको सङ्ख्यामा वृद्धिले आमा तथा बच्चाको मृत्यु सङ्ख्यामा समेत न्यूनीकरण गर्न सहयोग पुगेको छ । रासस

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार ००:००