१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“सबै स्थानीय तहमा खेलग्राम निर्माण’



 

मङ्सिर २०, स्याङ्जा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सबै स्थानीय तहमा खेलग्राम निर्माण गरिने बताएका छन् ।

कालिगण्डकी गाउँपालिकाद्वारा यहाँ आयोजित प्रथम अध्यक्ष कप प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेललाई अहिलेसम्म मनोरञ्जनका साधनको रुपमा मात्रै लिने गरेको पाइकाले यसलाई मनोरञ्जनका रुपमा मात्रै नभई स्वास्थ्यसँग पनि जोडेर हेर्नुपर्ने बताए ।

खेलकूद मन्त्रालय अहिले खेलको व्यावसायिक रुपमा विकास गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको र खेलाडी र खेलकूदको क्षेत्रमा सरकारले नयाँ योजनाका साथ काम गरिरहेको उनको भनाइ थियो ।

खेलकूदप्रति खेलाडीलाई आकर्षित गरी खेलका माध्यमबाट देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने भएकाले सरकारले खेलकूदलाई उच्च महत्व दिएको बताए ।

सुशासन, विकास र समृद्धिका लागि सरकार अगाडि बढेकाले यसलाई पूर्णतामा पु¥याउनका लागि खेलकूदको विकास अपरिहार्य भएको मन्त्री विश्वकर्माले बताए । “खेल क्षेत्रमा देखिएका चुनौती र संभावनाको पहिचान गरी ठोस योजनाका साथ काम गछौँ,” उनले भने ।

सो प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट लगायत खेलका लागि महिला तथा पुरुष गरी ५३४ खेलाडीको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष खिम थापाले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २० मंसिर २०७५, बिहिबार ००:००