८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कसैप्रति पूर्वाग्रह नराखी काम गर्न निर्देशन



काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सूक्ष्म अनुगमनकर्तालाई कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा खटिने अनुगमनकर्ताका लागि आइतबार आयोजित प्रशिक्षणमा उनले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउन आयोगको विशेष दूतका रुपमा काम गर्न उनीहरूलाई सुझाव दिए ।

डा यादवले भने, “सबै राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा जुट्नुभएको छ, निर्वाचनको विश्वासनीयता बढाउनको लागि तपार्इंहरुले भूमिका खेल्नुस्, निर्वाचन आचारसहिता पालनामा ध्यान दिनुस्, कुनै उम्मेदवार र दल केन्द्रित भावना नराख्नुस् ।” खटिएको जिल्लाको संवेदनशीलतालाई बुझेर आयोगको गौरव बढाउने काम गर्न पनि उनले अनुगमनकर्तालाई निर्देशन दिए ।

आयुक्त ईश्वरीप्रसाद पौडेलले मतदान अधिकृत, उम्मेदवार, पर्यवेक्षक र सुरक्षाकर्मीबाट समेत आचारसंहिताको परिधिभित्र रहेको निर्वाचनसँग सम्बन्धित गतिविधि भए नभएको बारे जानकारी लिन खटाइएका अनुगमनकर्तालाई आफ्नो जिम्मेवारीअनुरुपको गोपनीयता राखेर काम गर्न सुझाव दिए । उनले भने, “कुनै पनि राजनीतिक दल र ट्रेड युनियनप्रतिको भावनालाई त्याग्नुस्, अन्यथा निजामती सेवामा तपार्इंहरुको भविष्य खतरामा पर्न सक्छ ।”

आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिएका कर्मचारी पनि आचारसहिताको दायराभित्र रहनुपर्ने पक्षलाई हेक्का राखेर आयोगको आँखा र कानका रुपमा जिम्मेवारी पाएका अनुगमनकर्ताले घर आँगनमा सरकार निर्माणका लागि हुने निर्वाचनको ऐतिहासिक महत्वलाई बुझ्नुपर्ने बताए । ती अनुगमनकर्ताले खटिएका जिल्लामा एक साता जिम्मेवारी सम्हाल्नेछन् । रासस

प्रकाशित मिति : २४ बैशाख २०७४, आइतबार ००:००