१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘वडास्तरीय विकास गर्न केन्द्र धाउनु पर्दैन’



 

मङ्सिर १६, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडास्तरीय विकासको आवश्यकता पूरा गर्न केन्द्रमा नै धाउन नपर्ने बताएका छन् ।

कामपा २४ ले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा शाक्यले अधिकारसम्पन्न भएकाले धेरै काम वडाबाट नै गरिने बताए । सांसद जीवनराम श्रेष्ठले सार्वजनिक सुनुवाइ कार्यक्रम अत्यन्तै आवश्यक छ भन्दै यस्ता कार्यक्रमबाट नागरिकले वडाको काम कारवाही ठीक बेठीक छनोट गर्न पाउने बताए ।

प्रदेशसभा सदस्य राजेश शाक्यले पुनःनिर्माणका लागि तयार भएको काष्ठमण्डपको नक्शा निर्देशक समितिबाट स्वीकृत भएको जानकारी दिए । सुनुवाइका क्रममा स्थानीयवासीले वडाको भित्री क्षेत्रको विकासका लागि हनुमानढोका दरबार संरक्षण कार्यक्रम तथा वडाको कार्यक्रम एकद्वार प्रणाली अनुसार हुनुपर्नेमा जोड दिएका थिए ।

वडाध्यक्ष बालकृष्ण श्रेष्ठले भित्री क्षेत्रको भौतिक पूर्वाधारको विकाससँगै मूर्त अमूर्त सांस्कृतिक जीवन बचाउन आफूले पहल गर्ने बताए ।
रासस

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार ००:००