६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी गाउँपालिकामा वडास्तरमै युवा स्वरोजगार कार्यक्रम



मंसिर १५, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ ले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । वडा कार्यालयले युवालाई स्वदेशमै कृषि, पशुपालनलगायतका पेशा व्यवसायलाई प्रोत्सहित गर्न कार्यक्रम सञ्चालन गरिएको वडाध्ययक्ष कृष्णप्रसाद रेग्मीले बताए ।

वडा कार्यालयले वडाभित्रका विभिन्न सात स्थानको पहिचान गरी चालु आर्थिक वर्षका लागि कार्यक्रम शुरु गरेको उनले बताए । “कार्यक्रममा सहभागी हुन चाहनेका लागि निवदेन आह्वान गरिसकिएकोे छ,” उनले भने, “समूहमा आउनेलाई प्राथमिकता दिएर छनोट गर्ने तयारी गरेका छौँ ।”

स्वरोेजगार कार्यक्रममा सहभागी हुने व्यक्ति वा समूहले उत्पादनमूलक पेशा व्यवसाय गर्नु पर्ने र कम्तीमा पाँच वर्ष सोही पेशालाई निरन्तरता दिनु पर्नेछ ।

“पुराना पेशा व्यवसाय आरन, सूचीकार, कुखुरापालन, कृषि व्यवसाय गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ, वडाध्यक्ष रेग्मीले भन्नुभयो, “धेरै निवदेन परेकाले प्राथमिकताका आधारमा छनोट गरिनेछ ।

छनोट भएकालाई वडाले व्यक्तिलाई कम्तीमा ५० हजार रुपैयाँ र समूहलाई २ लाख रुपैयाँसम्म अनुदान दिनेछ । अधिकांश युवा सामान्य रोजगारीका लागि विदेशिने गरेकाले युवालाई स्वदेशमै बसेर पनि काम गर्न सके आत्मनिर्भर बनाउन कार्यक्रम सुरू गरिएको उनले बताए ।

तरकारी खेतीको राम्रो सम्भावना बोकेको भम्लिचोकमा व्यावसायिक खेती गर्न सके यही राम्रो आम्दानी गर्न सकिने उनले बताए । “अहिले युवा महीनामा २०÷३० हजार रुपैयाँ कमाउन विदेश पुग्छन् । यहीँ तरकारीखेती गरेर मासिक रु ५० हजार कमाउने पनि छन्,” उनले भने । रासस

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार ००:००