१४ जेष्ठ २०८०, आइतबार | Sun May 28 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा दुःखी



गुलरिया (बर्दिया), सामाजिक सुरक्षा भत्ताबापतको रकम ३ महिना बितिसक्दा पनि नपाएका कारण वृद्धवृद्धाले गुनासो गर्न थालेका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाका–१ देखि ५ नं वडाका वृद्धवृद्धाले अझै पनि सुरक्षा भत्ता पाउन सकेका छैनन । सरकारले स्थानीय तहको पुनःसंरचना गरेको महिना बितिसक्दा पनि जिल्ला समन्वय समितिले नगरपालिका कार्यालयको खातामा रकम उपलब्ध नगराएका कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् ।

सामाजिक सुरक्षा कार्यविधि २०७३ अनुसार गत फागुन मसान्तभित्र बाँड्नुपर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै खातामा रकम उपलब्ध नगराएका कारण र खाता बन्द भएकाले भत्ता वितरण गर्न ढिला भएको ठाकुरबाबा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुरेश सुनारले बताए ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबैको बैंक खातामा रकम जम्मा भएको सूचना एक हप्ताभित्रमा दिइने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुनारले जानकारी दिए । रासस

प्रकाशित मिति : २४ बैशाख २०७४, आइतबार ००:००