१२ माघ २०८२, आइतबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन महिनामै पक्की मोटरेबल पुल निर्माण



डडेल्धुरा, डडेल्धुराको वुडर जोगबुढा सडकखण्डको सुनखोलामा तीन महिनामै पक्की मोटरेबल पुल निर्माण गरिएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र वुडर जोगबुढा सडकको सुनखोलामा निर्माण गरिएको पक्की मोटरेबल पुल निर्माण भएको निर्माण कम्पनी सवकन्स्ट्रयाक्टर जय विष्णु निर्माण सेवा प्रालि काठमाडौँका इन्जिनियर अनिल सिलवालले बताए ।

स्थानीय पूर्वाधार कृषि सडक आयोजनाअन्तर्गत जिल्ला समन्वय समिति, डडेल्धुराको रु। एक करोड ७३ लाखको लागतमा निर्माण भएको पुलको लम्बाइ २५।५ मिटर रहेको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण सुरु गरेको तीन महिनामै सम्पन्न गरेको जिल्ला समन्वय समिति, डडेल्धुराले जनाएको छ ।

सुनखोलामा पक्की मोटरेबल पुल निर्माण हुँदा जिल्लाको भित्रि मधेस क्षेत्रका सयौँ गाउँका हजारौँ स्थानीय बासिन्दालाई आवतजावत गर्नका साथै यातायात सञ्चालनमा सहज भएको छ । वुडर जोगबुढा सडकमा दैनिक दर्जनौँ मालबाहक र यात्रुबाहक सवारी साधन सञ्चालन हुने गरेका छन् । रासस

प्रकाशित मिति : २४ बैशाख २०७४, आइतबार ००:००