६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुर क्षेत्र नं २ का ३ स्थानीय तहमा योजना छनोट



मङ्सिर ५, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का तीन स्थानीय तहमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत योजना छनोट गरिएका छन् ।

तीन नगरपालिका रहेको निर्वाचन क्षेत्रमा चार करोडका २० वटा योजना छनोट गरिएका छन् । अर्थमन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’ मा चार करोडका दरले रकम विनियोजन गरेको छ ।

जसअन्तर्गत सांसद नरबहादुर धामीले शुक्लाफाँटा नगरपालिकामा नौ, कृष्णपुर नगरपालिकामा ६ र वेदकोट नगरपालिकामा ५ योजना छनोट गरिएको बताए ।

उाका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ मा सडक निर्माणका लागि १० लाख, वडा नं १२ मा कल्भर्ट निर्माणका लागि १५ लाख, वड नं ३ मा तटबन्ध निर्माणका लागि २० लाख, वडा नं २ मा कल्र्भट निर्माणका लागि ३० लाख, वड नं ८ मा सडक निर्माणका लागि १० लाख वडा नं ७ मा धर्म जनता माविको भौतिक संरचना निर्माणका लागि २० लाख बजेटका योजना छनोट गरिएका छन् ।

सोही नगरपालिका ५ मा तटबन्ध निर्माणका लागि २० लाख, वड नं ८ मा रहेको सिद्धनाथ मावि बेल्डाँडीको भौतिक संरचना निर्माणका लागि १० लाख र वडा नं १० को मुक्तकमैया बस्तीमा रहेको त्रिपुरासुन्दरी मन्दिरको मर्मत सम्भारका लागि १० लाख बजेटका योजना छनोट गरिएका छन् ।

यसैगरी, कृष्णपुर नगरपालिका वडा नं १ मा तटबन्ध निर्माणका लागि ३० लाख, वड नं ४ मा सडक निर्माणका लागि १० लाख, वडा नं ७ को कुत्ता खोलामा कल्भर्ट निर्माणका लागि ५० लाख, वडा नं २ मा सडक निर्माण र वडा नं ४ मा मुक्तकमैया सिविर सञ्चालनका लागि दश दश लाख रकमका योजना छनोट गरिएका छन् ।

कृष्णपुर वडा नं २ मा सामुदायिक भवन निर्माणका लागि ३० लाख, बेदकोट नगरपालिका वडा नं ५ मा विद्यालयको भौतिक संरचना निर्माणका लागि १५ लाख, वडा नं ४ मा सडक कालोपत्रेका लागि ३० लाख, वडा नं ३ मा तटबन्ध निर्माणका गर्न १० लाख, वडा नं २ को बैजनाथ मावि जडेपानीको भवन निर्माणका लागि ५० लाख र वडा नं ४ को बगुन सामुदायिक भवन निर्माणका लागि १० लाख रकमका योजना छनोट गरिएका छन् ।

खानेपानीमन्त्री बीना मगर निर्वाचित क्षेत्र नम्बर १ मा सोही कार्यक्रम अन्तर्गत चार वटा स्थानीय तहलाई एक एक करोड बजेट उपलब्ध गराई योजना छनोट गरेकी छन् ।

जिल्ला समयन्य समितिका शाखा अधिकृत महेशबहादुर बमले सम्बन्धित स्थानीय निकायसँगैको सहकार्यमा योजना कार्यान्वयन गरिने बताए । उनका अनुसार योजना कार्यान्वयका लागि स्थानीय तहलाई निर्देशनसमेत दिइसकेको छ ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार ००:००