१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरि गाउँपालिकाको गुर्जामा सामुदायिक स्नानगृह सञ्चालन



 

कात्तिक २६, म्याग्दी । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिका १ गुर्जाका महिलाको अगुवाइमा तातोपानीले नुहाउन सकिने सामुदायिक स्नानगृह सञ्चालनमा ल्याइएको छ ।

चिसो हावापानी भएको उक्त स्थानमा भ्रमणमा आउने स्वदेशी र विदेशी पाहुनाको सुविधाका लागि स्थानीय हिमाली आमा समूहले १३ लाखको लागतमा सो स्नानगृह बनाएका हुन् ।

साविक गुर्जा गाविस र अहिलेको धौलागिरि गाउँपालिकाको ५ ५ लाख अनुदान, १ लाख २० हजार बेलायतका नागरिकको सहयोग र बाँकी श्रमदानमा उक्त स्नानगृह निर्माण गरिएको आमा समूहले जनाएको छ ।

स्नानका लागि नेपालीलाई २० र विदेशीलाई १०० शुल्क निर्धारण गरिएको छ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको उक्त स्थानको भ्रमण तथा गुर्जा, गुस्तुङ पिक हिमाल आरोहणका लागि आउने पर्यटकका लागि स्नानगृह प्रभावकारी हुने वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
रासस

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार ००:००