१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकालाई २ करोड छुट्याएकामा सरकारको प्रशंसा



 

कात्तिक २६, सप्तरी । दशैँ, तिहार र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आइतबार राजविराजमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

सो अवसरमा नेकपाका प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले राजनीतिक दलहरु मिलेर ल्याएको परिवर्तनलाई संस्थागत बनाउँदै अघि बढ्न दलहरुबीच मेलमिलाप र एकता आवश्यक भएको बताए ।

प्रदेश सचिव तथा सांसद सुमनराज प्याकुरेलले विकासमा पछाडि परेको तराईको दक्षिण क्षेत्रका प्रत्येक गाउँपालिकाका लागि वर्तमान सरकारले २ करोडको बजेटसहितको विशेष कार्यक्रम छुट्याएकामा प्रशंसा गर्दै विकासको नयाँ लहर ल्याउन जनता जागरुक हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका सभापति दिनेश यादवले राणाशासन र पञ्चायतकालदेखि सङ्घीय लोकतन्त्र प्राप्तिको हरेक सङ्घर्षमा साथै रहेकाले मुलुकको समृद्धि र विकासमा पनि साथ दिने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य तथा राजपाका नेता नेत्रविक्रम साहले सरकारले प्रदेश नं २ मा विकास निर्माण कार्य अघि बढाउने विश्वास व्यक्त गरे । प्रजिअ सुरेन्द्र पौडेलले तीनै तहको सरकारले गतिका साथ पूर्ण तरिकाले काम गर्न थालेपछि मुलुकले पछाडि फर्कनु नपर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामप्रीत पासवान र अशोक मण्डल, कार्यदल सदस्य महेश यादव, नेकपाका सहइञ्चार्ज विश्वनाथ साह, पूर्वमन्त्री उमेश यादव, प्रतिनिधिसभा सदस्य सरिता गिरी, प्रदेशसभा सदस्य ताराकान्त चौधरी, राजविराज नगरपालिका प्रमुख शम्भु यादव लगायतले शुभकामना व्यक्त गरेका थिए ।
रासस

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार ००:००