५ पुस २०८२, शनिबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा महानगरद्वारा ३३ वटै वडा कार्यालयबाट कर सङ्कलन शुरु



 

कात्तिक १४, पोखरा । पोखरा महानगरपालिकाले नयाँ कार्यविधि अनुसार ३३ वटै वडा कार्यालयबाट पनि कर सङ्कलन शुरु गरेको छ । कीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर र वडा कार्यालयबाट कर सङ्कलन शुरु गरेको हो ।

पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नं २७, २९, ३०, ३१ बाट कर सङ्कलन शुरु भएको छ । उनका अनुसार वडा नं ५, ६, ७, ८, १०, १३, १५, १७ मा पनि सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर, घर नक्साको राजश्व लगायत सबै कर तिर्न सकिनेछ ।

महानगरपालिका कार्यालयमा कर सङ्कलन हुँदा जनतालाई कष्टकर हुनुको साथै बढी भीड हुने गरेको कारण सर्वसाधारणले जुनसुकै वडामा राजश्व बुझाउने व्यवस्था गरिएको बताउँदै उनले वडा नं १, २, ३, ४, ११ र १६ नम्बर वडामा बुधबारदेखि कर सङ्कलन शुरु गरिने जानकारी दिए ।

पहिले नै भएको एकीकृत सम्पत्ति करका केही बुँदा संशोधन गरेर नयाँ कार्यविधि पारित गरी महानगरले कर सङ्कलन शुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल बताउछन् । असोज महीनाको ५ गते राजपत्रमा कर सम्बन्धी नयाँ कार्यविधि प्रकाशित भएपछि महानगरले कर सङ्कलन शुरु गरेको हो ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ००:००