१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेमा कांग्रेस, माओवादी तालमेल प्रयास



बनेपा, स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा नेपाली कांग्रेस र (माओवादी केन्द्र)ले तालमेलका लागि छलफल सुरु गरेका छन् ।

दुवै पार्टीका जिल्ला नेताले छलफल जारी रहेको र निष्कर्षमा पुग्न नसकिएको उल्लेख गर्दै खासगरी नगरपालिका र गाउँपालिकाको नेतृत्वको विषयमा कुरा नमिलेको बताएका छन् । “वडा तहमा वडा कमिटीलाई नै जिम्मेवारी दिएका छौ तर नेतृत्वका लागि विभिन्न चरणमा छलफल भइरहेको छ,” नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले भने ।

उनले अन्तिम नामावली प्रकाशन सम्ममा सहमतिमा जानसके अझै सुखद् हुने उल्लेख गर्दै निर्वाचनको अघिल्लो दिनसम्म पनि टुंग्याउन सकिने बताए । सभापति आचार्यले नेकपा (एमाले) बाहेक काभ्रेपलाञ्चोकमा निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलसँग चुनावी तालमेलको प्रयास भएको जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकका अध्यक्ष दीनानाथ गौतमले निर्वाचनका लागि तालमेलको प्रयास भएपनि सार्थक हुन नसकेको बताए । “कतिपय ठाउँमा माओवादीले छाड्ने र कतिपय ठाउँमा कांग्रेसले छाड्ने विषयमा गम्भीर छलफल चलिरहेको छ,” उनले भने ।

गौतम जिल्लाको चौरी देउराली गाउँपालिकाको अध्यक्षको उम्मेदवारसमेत हुन् । काभ्रेपलाञ्चोकको ६ नगरपालिका र सात गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । रासस

प्रकाशित मिति : २१ बैशाख २०७४, बिहिबार ००:००