१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको निर्वाचनका लागि चारहजार कर्मचारी खटाइने



काठमाडौँ, जिल्ला निर्वाचन कार्यालय काठमाडौँले काठमाडौँ जिल्लाको निर्वाचनका लागि चारहजार एकसय १९ कर्मचारी खटाउने भएको छ ।

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ६ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि उक्त संख्यामा कर्मचारी खटाइन लागिएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिए ।

यस्तै, खटाइएका कर्मचारीलाई वैशाख २० गतेदेखि नियुक्ति वितरण कार्यसमेत सुरु गरेको ढकालले बताए । उनले भने, “वैशाख २०, २१ र २२ गते नियुक्तिपत्र बाँड्छौँ, त्यसपछि २३, २४ र २५ गते तालिम दिएर निर्वाचनमा खटाउँछौँ ।” उनले केही कर्मचारी शारीरिकरुपमा अपाङ्ग र केही महिलालाई समस्या भएकाले त्यी कर्मचारीको हकमा भने सामान्य हेरफेर गर्ने तयारी भइरहेको समेत बताए ।

काठमाडौँमा हाल काठमाडौँ महानगरपालिका, शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका रहेका छन् जसमा काठमाडौँ महानगरपालिका र १० वटा नगरपालिकाका ६ सय ८७ मतदान केन्द्रमा कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २१ बैशाख २०७४, बिहिबार ००:००