६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन प्रवर्द्धनमा जोड दिदै मधुवन नगरपालिका



 

कात्तिक ५, धम्बोझी । तारातालमा पर्यटक बढेसँगै बर्दियाको मधुवनको नगरपालिकामा नौ वडालाई मिलाएर बनाइएको मधुवन नगरपालिकाभित्र विकासे योजनालाई अहिले तीव्रता दिन थालिएको छ ।

ताराताल हेर्न आउने पर्यटकको घुइँचो रहेकाले नगरपालिकाले ताललाई संरक्षण र भौतिक निर्माणका लागि विशेष योजना ल्याएको नगरप्रमुख गणेश क्षेत्रीले बताए । उनले नगरपालिकाले सबै वडामा गरी करीब २१ करोड बराबरका विकासे योजना तर्जु गरी पर्यटकीय क्षेत्रमा विशेष कार्यक्रम ल्याएको जानकारी दिए ।

शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, कृषि खेलकूद उद्योग व्यापार, रोजगार लगायतका विभिन्न क्षेत्रमा गरी अन्य ठाउँका स्थानीय तहभन्दा फरक शैलीमा ठूलो धनराशि खर्च गर्न लागिएको बताइएको छ ।

फरक शैलीमा जनप्रतिनिधिसँगै कर्मचारीले काम गर्न थालेपछि अहिले सामाजिक, आर्थिक र भौतिक विकास, धार्मिकस्थल पर्यटकीय क्षेत्रले विकासको गति लिन थालेको छ ।

नगर प्रमुख खत्रीले आगामी शैक्षिक सत्रदेखि मधुवन नगरपालिकाभित्र पर्ने ३१ वटै सामुदायिक विद्यालयमा अनिवार्यरुपमा अंग्रेजी माध्यमबाट पढाइ गराउने गरी पहल भइरहेको बताए ।

यस्तो प्रकारको शिक्षण विधिले सामुदायिक र निजी क्षेत्रमा सञ्चालित विद्यालयबीचको अन्तर कम हुने विश्वास लिइएको छ ।
रासस

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार ००:००