२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपन्न परिवारको खरको छानो हटाउँदै जनप्रतिनिधि



 

असोज २८, उर्लाबारी । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफंैले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् ।

उक्त गाउँपालिकाको वडाध्यक्षका लागि भनेर मोटरसाइकल खरीद गर्न चालु आर्थिक वर्षमा छुट्याइएको १६ लाख फिर्ता गर्दै गाउँपालिकाभित्रका विपन्न परिवारको खरको छानो हटाएर टिनको छानो लगाइदिने निर्णय भएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले जानकारी दिए ।

यसअघि उक्त कार्यक्रमका लागि अहिले रकम थप गरी ३६ लाख जम्मा गरिएको र सो रकमले विपन्न परिवारका टिनको छानो लगाइने गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।
रासस

प्रकाशित मिति : २८ आश्विन २०७५, आइतबार ००:००