२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हनुमन्ते खोलामा नवनिर्मित पुल सञ्चालन



 

असोज २०, काठमाडौं । भक्तपुर जिल्लाको मध्यपुरठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हुनमन्ते खोलामा निर्माण गरिएको पुल आजबाट सञ्चालनमा ल्याइएको छ ।

हनुमन्ते खोला पुल उपभोक्ता समितिले मध्यपुरठिमी नगरपालिका–१ घलातेमा २९ लाख ३५ हजार लागतमा निर्माण गरेको उक्त पुलका लागि जिल्ला समन्वय समितिबाट १३ लाख ६६ हजार ४७७, भक्तपुर नगरपालिकाबाट १ लाख ७७ हजार ५६९ र स्थानीय उपभोक्ताबाट सङ्कलित ५७ हजार २३३ उपलब्ध गराइएको थियो उक्त पुलबाट मध्यपुरठिमी नगरपालिका तथा सूर्यविनायकका हजारौँ स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

पुल उद्घाटनका क्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले हनुमन्ते नदीको सफाइ अभियानसँगै विकासको गतिलाई सँगसँगै जाडेर लगिने बताए । उनले राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा देश विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सांसद बस्नेतले कोटेश्वर–जडीबुटीको जाम हटाउन हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण प्रक्रिया अघि बढिसकेको पनि बताए ।
रासस

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ००:००