७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले असाधरण भोट ल्याएर जित्नेछः याेगेश भट्टराई



स्थानीय खबर संवाददाता ।

नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टीले असाधरण मत ल्याएर जित्ने दाबी गरेका छन् ।

राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुबै चरणको निर्वाचनमा एमालेले जित्ने बताए । “उम्मेद्वारी छनोट नहुँदासम्म आकांक्षी बढ्नु स्वभाविक हो । तर मनोनय दर्ता भएपछि एमाले भित्र कुनै पनि विवाद देखिएका छैनन्,” उनले भने, “एमालेमा गुट उपगुटको कुनै गुञ्जायस छैन । एमालले असाधरण भोट ल्याएर जित्छ ।”

पहिलो चरणमा बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रदेश नं. ३, ४ र ६ मा हुनेछ । यस क्षेत्रका ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ६६ गाउँपालिकामा उम्मेद्वारी दिएको उनले जानकारी दिए । कतिपय जिल्लामा भने अन्य पार्टीहरूसँग पनि तालेमेल भएको जानकारी उनले दिए ।

काठमाडौं ललितपुर, लमजुङ, तनहुँ, बाग्लुङमा जनमोर्चा, राप्रपा र माओवादी केन्द्रबीच तालमेल भएको उनले बताए ।

सत्तारुढ दलहरू चुनावको बेला स्वतन्त्र न्यायपालिकामाथी अनावश्यक हस्तक्षेप गरेको, निर्वाचन आयोगलाई प्रभावित पार्न खोजेको आरोप लगाए । सरकारका पछिल्ला गतिविधी निर्वाचनमा पराजित हुने मानसिकतको उपज भएको उनको दाबी छ ।

“एमाले प्रमुख प्रतिपक्षी पार्टी हो । सरकारले राज्यका अंगहरूमाथी ज्यादति गरेको छ । यसबारे एमालेले डटेर मुकाबिला गरिरहेको छ,” उनले भने, “सरकारमा रहेका दलहरूले राज्यको अंगहरू र संविधानमाथी गरिरहेको ज्यादति एमालेको प्रमुख मुद्दा हुन् । त्यसैले एमालेलाई जनताले साथ दिनेछन् ।”

प्रकाशित मिति : १९ बैशाख २०७४, मंगलबार ००:००